Thursday, April 25, 2024

कराँते महासंघ रौतहटको अध्यक्षमा पहाडी सर्वसहमत

ताजा / भरखरै प्राप्त

रौतहट,२६ माघ नेपाल कराँते महासंघ रौतहटको अध्यक्षमा नेपाल सितोरियो कराँते संघ रौतहटद अध्यक्ष अशोक पहाडी चयन भएका छन् । बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा बिभिन्न कराँतेका स्वयम सेवक प्रशिक्षकहरुको भेलाले पहाडीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । भेलाले उपाध्यक्षमा भुमिलाल भोलन र बिष्णुलाल श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको छ ।
सचिवमा अमित भोलन ,सह सचिवमा कुसल बस्नेत ,कोषाध्यक्षमा सानुमायाँ दोङ र सदस्यहरुमा अर्जुन पहाडी ,भिम बहादुर पहरी ,बिबिका श्रेष्ठ,प्रतिक्षा लो र हिमान्सु मगरलाई चयन गरेको छ ।
जिल्ला खेलकुद बिकास समिति रौतहटका कार्यालय प्रमुख बिरेन्द्र ढुंगानाको रोहबरमा भएको महाँसंघको जिल्ला कार्य समितिले नेपाल कराँते महाँसंघको मधेश प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । मधेश प्रदेश प्रतिनिधिकाका लागि अशोक पहाडी ,बिष्णुलाल श्रेष्ठ ,भिम बहादुर पहरी र सानुमाँया दोङलाई पठाउने निर्णय भएको नेपाल कराँते महासंघ रौतहटका सह सचिव कुसल बस्नेतले जानकारी दिएकाछन् ।
कराँते प्रशिक्षकहरुको भेलाले संघको सल्लाहकारमा जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख बिरेन्द्र ढुंगाना ,सिनियर कराँते खेलाडी रुद्र बिक र बाबु लामालाई सल्लाहकारमा नियूक्त गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles