बिद्यार्थीको हक र हितको लागी जेल बसेका मिश्रले अनेरास्वबियुको केन्द्रिय सचिबमा उमेदवारी दिने

0
801

रौतहट – नेकपा एमालेको जनबर्गीय संगठन अनेरास्ववियुको आउदो २३ औ राष्ट्रिय महाअधिबेशनमा रौतहटका बिद्यार्थी नेता रबि मिश्रले केन्द्रिय सचिब पदमा उमेदवारी दिने भएका छन । अनेरास्वबियुको २३औं राष्ट्रिय महाधिवेशनको मिति आउन एक साता मात्रै बाँकी रहँदा बर्तमान कार्यसमितिका सचिवालय सदस्य समेत रहेका मिश्रले सचिब पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।
बिद्यार्थीहरुको हक हितको लागी जेल समेत बसेका बिद्यार्थी नेता मिश्रले आम बिद्यार्थी साथीहरुको आग्रह मै सचिब पदमा उमेदवारी दिने घोषणा गरेको बताए । देशकै पुरानो बिद्यालय जुद्ध माबि गौरमा बिद्यालयले बिद्यार्थी संग शुल्क उठाएको भन्दै आन्दोलन गर्दा मिश्र करिब ६ महिना जेल बसेका थिए ।
बिगत लामो समय देखी बिद्यार्थी हक र हितको लागी काम गरिरहेको हुदा पनि साथिहरुले उचित मुल्याङकन गरेर जिताउनेमा आफु ढुक्क रहेको बिद्यार्थी नेता मिश्रले बताए । अखिलको २३औं राष्ट्रिय महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
अनेरास्वबियुको केन्द्रिय कमिटिको सचिबमा १० जना रहने ब्यबस्था छ ।
यता महाधिवेशनबाट अध्यक्ष बनेर अनेरास्वबियुको नेतृत्व लिन बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरु मोति बिक, झपिन्द्र खत्री, लोकेश निरौला र उमेश आचार्यले अभियान अघि बढाएका छन । अध्यक्षका दावेदारहरु प्रीतनिधिलाई आफ्नो पक्षमा पार्न बिभिन्न योजनाको आश्वासन समेत दिन थालेका छन ।
यस्तै उपाध्यक्षमा मर्यादा बिष्ट, प्रकाश भुजेल, सुजन भट्टराई, जेनिस लामा, धर्म गिरीसहित आधा दर्जन आकांक्षी देखिएका छन । महासचिवमा पनि आधा दर्जन आकांक्षी देखिएका छन । हालसम्म कल्पना वाइवा, भास्कर खनाल, नारायण घर्ती, शुदर्शन शिवाकोटी, गोबिन्द गिरी र नरेश रोकायाले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । अन्य केही आकांक्षी पनि देखिएका छन । खासगरी सचिवका लागि महासचिवमा दावी गर्नेको संख्या बढने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here