चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी अहिले अतिक्रमित सडक हटाउन ब्यस्त छन । वाड नं. ६ अन्र्तरगत जन ज्योति बहुमुखी क्यामपस देखी डाबरी सम्मको सडकलाइ बिस्तार गर्ने अभियानमा वाड अध्यक्ष केसी लागेका हुन । पटक पटक सडकको अतिक्रमित जमिन छाडन स्थानियलाइ आग्रह गर्दा पनि नटेरेपछि आफै डोजर लिएर सडक अतिक्रमण गरेर बनाइएको भौतिक संरचनाहरु ह्टाउन लागेको वाड अध्यक्ष केसीले बताए । बुधबार भ्याकु लोडर सहित सो क्षेत्रको सडक अतिक्रमण हटाएको वाड अध्यक्ष केसीले जानकारी दिएका छन । सो सडकको दुबै तर्फ तुरुन्त नाला बनाउने योजना रहेको हुदा उक्त सडक क्षेत्रका संरचना हटाइएको उनले बताए । यस अघि पनि वाड अध्यक्ष केसीले पुराना राज कुलोको संरक्षण र पानी निकाशको लागी नाला सरसफाइ लगायतका कामहरु गर्दै आएका थिए ।