Wednesday, May 29, 2024

अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी (बिजयी हुने पदाधिकारीको नाम सहित)

ताजा / भरखरै प्राप्त

काठमाडौँ । अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन । निवर्तमान महासचिव वडाल अत्याधिक मतसहित विजयी भएका हुन । काठमाडौँको कमलदाीमा रहेको प्रज्ञा प्रतिष्ठानमा जारी २३ औँ महाधिवेशनले बडाललाई ९६२ मतसहित अनेरास्ववियुको नेतृत्व सुम्पेको हो ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायाण घर्ती र मर्यादा विष्ट विजयी भएका छन । त्यस्तै महासचिवमा नरेश रोकाय र कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन । विद्युतीय भोटिङ मेसिन मार्फत मतदान गरिएका कारण केही घण्टामै मतगणना सकिएको हो ।

यस्तै सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, दीपक धामीफ अन्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले विजयी भएका छन । स्थायी कमिटी सदस्यमा आरके रोमस लगायत विजयी भएका छन । निर्वाचनमा १५१७ मत खसेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles