गुजरा नगर क्षेत्रका पुराना नेताहरु एमाले मै फर्किए

0
595

चन्द्रपुर – आजपा पार्टीका अध्यक्ष प्रभु साह एमालेमा हुदा पार्टीबाट असन्तुष्ट भएर नेकपा एमाले छाडेका गुजराका नेताहरु फेरी नेकपा एमाले मै फर्र्किएका छन । बिहीबार नेपाल कम्युनिस्ट पार्टी एमाले मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान क्षेत्र न.३ को हरिहरपुरमा आयोजित कार्यक्रममा उनीहरु एमाले मै फर्किका हुन ।
पुराना एमाले नेताहरुलाइ प्रभु साहले असमान ब्यबहार गरेपछि उनीहरु नेकपा एसमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रमुख अथिति पार्टी केन्द्रीय कमिटी सदस्य गंगा प्रसाद यादब तथा मधेश प्रदेश सरकारका गृह तथा सुचना संचार राज्य मन्त्री केशब राय थारुले उनीहरुलाइ स्वागत गरेका थिए ।
नेकपा एस त्यागेर पुरानै घर एमालेमा फर्किनेहरुमा नेकपा एकिकृत समाजबादि पार्टीका गुजरा नगर अध्यक्ष युबराज शर्मा,जिल्ला कमिटी सदस्य पदम श्रेष्ठ,बिक्रम मगर,दिपक चौधरी,सुमन चौधरी लगायत ४० जना सक्रिय नेताहरु रहेको नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य ईश्वर प्रधानले जानकारी दिएका छन ।
प्रभु साहको गलत ब्यबहारको कारण धेरै एमालेका पुराना नेताहरुले पार्टी छाडन बाध्य भएको एक नेताले बताएका छन ।
उक्त नगरपालिकामा प्रभु साहले आफनै पक्षका नया एमाले भित्राइएकाहरुलाइ नगर प्रमुख ,उप प्रमुख तथा वाड अध्यक्ष पदको उमेदवार बनाएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी एमाले मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्र्तरगत गुजरा नगरपालिकामा धेरै पुराना नेता तथा कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको एमाले नेता प्रधानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here