चन्द्रपुर – रौतहतको चन्द्रनिगाहपुरमा संचालित नव विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको माबि स्तरीय हाजिरजवाफ प्रतियोगितामा जन ज्योति माबि चन्द्रनिगाहपुर प्रथम भएको छ । शुक्रबार होटल अलपाइनमा भएका हाजिर जवाफ प्रतियोगितामा चन्द्रपुर नगरपालिकाको ६ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेका थिए ।
प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय ( युनिका कुश्वार, नेहा राम, दीक्षा तिवारी )प्रथम , मुनलाइट एकेडमी ( संयोग सुवेदी, निभा साह, सुजन साही ) द्वितीय र श्री माध्यामिक विद्यालय जुडिबेला (अरुण कुमार चौधरी, सलिना कार्की, बुद्ध घ्यावा) तृतीय भएको आयोजक संस्था नब बिकाश साकोसका ब्यबस्थापक यज्ञ प्रसाद प्रसाइले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा बागमती मा वि गोपालकुटी, श्री माध्यमिक विद्यालय, जुडिबेला, जनशक्ति माध्यमिक विद्यालय गैंडाटार, जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुर , सुबलाल भागवत माध्यमिक विद्यालय सन्तपुर , मुनलाइट एकेडेमी चन्द्रनिगाहपुर गरी ६ वटा माबिका बिद्यार्थीहरुको सहभगिता रहेको थियोे ।
संस्थाका अध्यक्ष देव बहादुर सापकोटाज्यूको अध्यक्षतामा सम्पन्न उक्त प्रविधि मैत्री हाजिरी जवाफ कार्यक्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम रहेका रहनु भएको थियोे । कार्यक्रम संचालन संस्थाका सचिव राजेन्द्र तिवारीले गर्नु भएको थियोे भने हाजिरी जवाफ प्रतियोगिता संचालन संस्थाका संचालक एवम् युवा उपसमिति संयोजक कुलशेखर पहाडीले र सहजीकरण संस्थाका मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाईंले गर्नु भएको थियो ।