चन्द्रपुर – रौतहटको गौरमा भएको मिसन ग्रास रुट कार्यक्रममा भर्खरै आफनै पुरानो घर नेकपा एमालेमा आएका युवा नेता बाबुराम दाहाले नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल सहितका नेताहरु पुरानै घर नेकपा एमालेमा आउन आग्ह गरेका छन ।
अगुवा नेता तथा कार्यकता प्रशिक्षण कार्यक्रममा दाहालले भने ‘ नेकपा एमाले पार्टी पनि तपाइ हामीले नै मलजल गरेर बनाएको पार्टी हो यो पाटीलाइ अब सबैजना मिलेर बलियो बनाउनुपर्छ ’ ।
सरकारमा रहदा होस वा नरहदा होस जनताको काम नेकपा एमालेले मात्रै गर्न सक्ने प्रमाणित भइसकेकोले अब ढिला नगरी नेकपा एस पार्टीका सम्पुर्ण नेताहरु नेकपा एमालेमा आउन युवा नेता दाहाले आग्रह गरेका छन । युवा नेता दाहाल गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट रौतहटको चन्द्रपुर नगरपालिकाको नगर प्रमुखका उमेदार थिए । यसैगरी पुरानै घर फर्किएका नेता शेख कलिमुल्लाहले एमाले फुटेकै कारण अरुले फाइदा लिएको बताएका छन । यदी नेकपा एमाले एकभएर लडेको भए रौतहटको क्षेत्र नं. ४मा कसैले पनि जित रोक्न नसक्ने उनको धारणा रहेको थियो । अब फुटेर हैन जुटेर अगाडी बढनुपर्ने नेता कलिमुल्लाहको भनाइरहेको थियो ।
कार्यक्रममा नेकपा एस पार्टी छाडेर पुरानै घर एमाले पार्टीमा फर्किएका बाबुराम दाहाल,अमर आले, शेख कलिमुल्लाह ,टिका बहादुर कार्की लगायतलाइ बरिष्ठ उपाध्यक्ष पोखरेलले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,मधेश प्रदेश उपसचिब आरती भण्डारी,प्रभबाशाली नेता अजय गुप्ता, मधेश प्रदेशका महिला तथा बालबालिका मन्त्री जैद राजा,गृह तथा संचार राज्यमन्त्री केशब राय थारु लगायतको उपस्थीती रहेको थियो । पार्टीको रौतहट जिल्ला संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमेदवार अजय गुप्ताले स्वागत मन्तब्य राखेका थियो । कार्यक्रममा जिल्ला भरीका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।