चन्द्रपुर – रौतहट क्षेत्र नं. ४ क बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले तिन वटै तहको समन्वयमा समाजको बिकाश गर्न सकिने बताएका छन । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको चुनाबी अधिबेशनमा प्रदेश सभा सदस्य भट्टराईले यस्तो बताएका हुन ।
स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकार जनप्रतिनिधि एक मत भएर अगाडी बढेर समाजका हरेक क्षेत्रको बिकाशको लागी लाग्नुपर्ने बेला आएको प्रदेश सभा सदस्य भट्टराईले बताए ।
रेडक्रस समाजको अभिन्न अंगको रुपमा काम गरिहेको अबस्थामा यसलाइ ब्यबस्थीत गर्नु अपरिहार्य आवश्यकता भएको उनको भनाइ छ ।
रेडक्रसको भवन निमार्ण देखि कार्यालय संचालनमा समेत समस्या रहेको अबस्थामा भवन निमार्णको लागी आफुले सहयोग गर्ने प्रदेश सभा सदस्य भट्टराईले प्रतिबद्धता गरेका छन ।
कर्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर यादब,रेडक्रसका पुर्व केन्द्रिय सदस्य सपुत बहादुर कार्की, चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरी,नेकपा एमालेका चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव प्रसाद आचार्य,वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका महासचिब जनकराज भारती,नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका केन्द्रिय सदस्य शिव पुरी लगायतले शुभकामना मनत्ब्य राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब झरेन्द्र चापापाइ,शसस्त्र प्रहरी सन्तपुर बेस क्याम्पका डिएसपी,चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंह,सह कोषाध्यक्ष शेष कैमुदिन,जिल्ला सदस्य संजय यादब,रामएकवाल साह लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा उपशाखाका कार्य समिति सदस्य रमेश तिमलसिनाले स्वागत मनत्ब्य राखेका थिए भने उपसचिब राजेन्द्र तिवारीले संचालन गरेका थिए । सोही कार्यक्रममा उपशाखाका सभापति श्रीकृष्ण अधिकारीले आफनो प्रगति प्रतिबेदन,सचिब लालबाबु साहले संगाठनिक प्रतिबेदन र कोषाध्यक्ष संजय कार्कीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।