नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको नया कार्य समिति गठन

0
500

चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरमा शनिबार नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको ३३ औ चुनाबी साधरण सभाले नया कार्य समिति चयन गरेको छ । अधिबेशनले श्रीकृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यी नया समिति निर्वाचित भएको निर्वाचन अधिकृत धर्मेन्द्र सिंहले जानकारी दिएका छन । समितिको उपसभापतिमा शोभा खरेल निर्वाचित भएकी छिन भने सचिबमा लालबाबु साह रहेका छन । यस्तै समितिको कोषाध्यक्षमा संजय कार्की,उपसचिबमा राजेन्द्र तिवारी,उप कोषाध्यक्षमा रमेश तिमलसिना र सदस्यहरुमा घनश्याम सुन्दर श्रेष्ठ,कोपिला तिमलसिना,राजेश खडका,जय नारायण चौधरी र बसन्त आचार्य रहेका छन । नव निर्वाचित समितलाइ नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सल्लाहकार समितिका सदस्य उमेश बास्कोटाले सपथ गराएका थिए । कार्यक्रममा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई, नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर यादब,सल्लाहकार समितिका सदस्य अमर आले लगायतका सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here