जिसस रौतहटका कर्मचारीले तलब पाएनन

0
437

रौतहट – जिल्ला समन्वय समितिको कार्यालय रौतहटमा कार्यरत करारका कर्मचारीले गत भदौ देखी नै तलब पाएका छैनन । भदौ १९ गते करारमा न्युक्ति पाएका सो कार्यालयका ५ जना कर्मचारीले अझै पनि तलब नपाएका हुन ।
जिल्ला समन्वय समितिमा नया निर्वाचित समिति आएपछि समितिको निर्णय अनुसार ति ५ जनालाइ बिभिन्न पदमा तत्कालीन निमित्त कार्यालय प्रमुख जगत प्रसाद साहले न्युक्ति दिएका थिए ।
न्युक्ति पाएदेखि ति कर्मचारीहरु सो कार्यालयमा नियमित हाजिर गरेर काम गरिहेका छन तर तलब भने पाउन सकेका छैनन ।
काम गरेको ८ महिना बित्दा पनि तलब नआउदा हातमुख जोर्न नै समस्या भएको एक कर्मचारीले बताए । नियमित कार्यालयको काम पनि गरिराखेका छौ तर तलबको ठेगान नहुदा समस्यामा परेको ति कर्मचारीहरुको भनाइ रहेको छ ।
यता सो कार्यालयका प्रमुख ओम प्रकाश यादबले दरबन्दी बिना नै नियुक्ती दिएको कारण तलब खुवाउन नसकिएको बताएका छन । दरबन्दी अनुसारका कर्मचारीलाइ तलब दिइरहेका तर दरबन्दी नै नभएका कर्मचारीलाइ तलब खुवाउने अबस्था नरहेको यादबले प्रष्ट पारेका छन ।
जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या प्रसाद यादबले करारका कर्मचारीलाइ तलब खुवाउन नसक्दा दुखित भएको बताए । तलब कै बिषयमा बोर्डमा समेत बिवाद भएको र काम गरेका कर्मचारीलाइ तलब दिनुपर्छ भन्ने आफनो धारणा रहेको सभापति यादबको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here