रौतहट,२९ चैत्र
रौतहटको गरुडा नगरपालिकामा तोडफोड गर्ने प्रर्दशनकारी र प्रहरी र बीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।झडपमा परेर गरुडा नगरपालिका वाड नं. ५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । सोही नगरपालिकका मेयर प्रत्यासी दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो । प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका गाडीमा क्षति भएको छ । प्रहरीले दिपक यादवसहित चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बुढा मगरले बताए ।गरुडा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै पछिल्लो विभिन्न समयमा आन्दोलन गर्दै आएका स्थानीय दिपक यादवले बुधवार गाउँलेहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा आएका थिए । मानिसहरुको भिडलाई देखेपछि नजिकै रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु नगरपालिकालाई सुरक्षा दिएका थिए ।
नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा दिपक यादवको समुहलाई प्रहरीले रोकपछि एक्कसी प्रदर्शनकारीहरु ढुंगामुढा प्रहार गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पुराएका थिए ।
प्रर्दशनकारी झन उग्र भएपछि प्रहरीले ११ राउण्ड गोली फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी बुढा मगरले जानकारी दिए । प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका सवारी साधनहरुमा धेरै क्षति भएको छ भने प्रहरी निरीक्षक सहित चार जना प्रहरी घाइते भएको उनले बताए । यसैविच प्रहरीको गोली लागेर घाईते भएका यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगंज पठाइएको स्थानीयले बताए ।घाईते युवकको अवस्था सामान्य रहेको छ तर गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले अहिले सम्म पुष्टि गरेको छैनन् । ढुंगा लागेर पनि घाइते भएको हुन सक्ने आशंका गर्दै एसपी मगरले वीरगंज पुगेपछि यथार्थ कुरा आउने बताए । मानिसहरुलाई उचालेर प्रदर्शन गराउन ल्याएका युवक दिपक यादव सहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी मगरले बताए ।
एसपी मगरका अनुसार नगरपालिकाको मेयरले अनियमितता गरेको छ भने बसेर छलफल वा न्यायायिक ढंगबाट अघि बढ्नुपर्नेमा सरकारी सम्पत्तीलाई हानी नोक्सानी पुर्याउने अधिकार कसैलाई पनि राज्यले दिएको छैन । सरकारी सम्पत्तीको सुरक्षार्थ प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताउदै अहिले गरुडा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको तथा कुनै पनि बहानामा प्रदर्शनकारीहरुलाई नगरपालिका सम्म पुग्नका लागि पूर्ण बन्देज लगाइएको एसपी मगरको भनाइ रहेको छ ।
Home मुख्य समाचार गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड६ प्रहरी घाइते, मेयर प्रत्यासी यादब सहित ४ जना...