शिक्षकहरुको लागी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम चन्द्रनिगाहपुरमा शुरु

0
413

चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरमा शिक्षकहरुको लागी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सोमबारबाट शुरु भएको छ ।युनिसेफ र युरोपेली युनियनको सहयोगमा भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालको आयोजनामा उक्त तालिम संचालनमा आएको हो । तालिमको उदघाटन सत्र चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी कृष्ण प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । ३ दिने तालिमबाट प्राप्त उपलब्धीलाइ ब्यबहारमा उर्तान नगर शिक्षा अधिकारी सिग्देलले तालिममा सहभागीहरुलाइ आग्रह गर्नुभएको छ । शिक्षाको स्तर उकास्नको लागी यस्ता किसिमको तालिमको महत्वपुर्ण भुमिका हुने सिग्देलको भनाइ रहेको थियो । तालिमको उदेश्य बारे युनिसेभका प्रतिनिधि सुरेन्द्र बरालले जानकारी दिनुभएको थियो ।
उक्त तालिममा देवाही गुनाही नगरपालिकाका १९ बिद्यालय र चन्द्रपुर नगरपालिकाका २३ वटा बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको आयोजक संस्थाका कार्यक्रम संयोजक ईश्वर जोशीले जानकारी दिनुभएको छ । शिक्षा समुहको सुदृढीकरण योजना अन्र्तरगत रहेको तालिम बैशाख ६ गते सम्म संचालन हुने कार्यक्रम संयोजक जोशीले बताउनु भयो । उदघाटन सत्रको कार्यक्रमको संचालन कार्यक्रम संयोजक जोशीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here