Saturday, June 22, 2024

जरुवाका आगलागी पिडितलाइ रेडक्रसद्धारा राहत बितरण

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले चन्द्रपुर नगरपालिका वाड नं. १ जरुवाका आगलागी पिडितलाइ राहत बितरण गरेको छ । सोमबार नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले जरुवा निवासी आगलागी पिडित पंच माया स्याङतानलाइ राहत समाग्री हस्तान्तरण गरेका हुन ।
पिडित परिवारलाइ त्रिपाल,कम्बल,म्याट्रेस,भाडा सेट,सारी,धोती,प्रिन्ट कपडा,सादा कपडा,शटिङ कपडा,सुटिङ कपडा,वाल्टीन,डोरी,खाली बोरा लगायतका समाग्रीहरु हस्तान्तरण गरेको उपशाखाका सचिब लालबाबु साहले जानकारी दिएका छन ।
वाड कार्यालयको सिफारिसमा राहत समाग्री बितरण गर्ने गरेको सचिब साहले बताए । गत चैत्र २७ गते जंगलमा लागेको डढेलो फैलदै आई स्याङतानको खरले छाएको काठेघर तथा घर भित्र रहेको सम्पुर्ण खाद्यान्न सहित करिब ४ लाख २० हजारको क्षति भएको थियो ।
यसैबिच उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले आगलागी लगायत बिपतका खबरहरु यथासक्यो चाडो भन्दा चाडो खबर गर्न जनप्रतिनिधिहरुलाइ आग्रह गर्नुभएको छ । जुनसुकै बिपतमा पनि रेडक्रस सकेको सहयोग गर्न तत्पर रहेको सभापति अधिकारीको भनाइ रहेको छ ।
केही दिन अगाडी पनि चन्द्रपुर नगरपालिका वाड नं. ३ र्गैडाटारको आगलागी पिडितलाइ रेडक्रस चपुरले राहत हस्तान्तरण गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles