Thursday, April 25, 2024

खेलको माध्यमबाट खेलाडीहरुले गौरको नाम उच्च राख्ने विश्वास लिएको छु — नगर प्रमुख साह

ताजा / भरखरै प्राप्त

गौर – रौतहट जिल्लाका महिला क्रिकेट खेलाडीहरुको १५ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिकाको सहयोगमा आयोजना गरिएको सो प्रशिक्षणमा १६ भन्दा बढी महिला खेलाडीहरुले प्रशिक्षण लिएका थिए । महिला क्रिकेटको स्तर अभिवृद्धिका लागी सो प्रशिक्षण आयोजना गरिएको थियो ।
रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै यस अघि मधु राउत, मोनिका साह, चान्दनी खातुन र भूमि सिंहले प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु खेली सकेका छन । १५ दिनको प्रशिक्षणका लागी प्रदेशको महिला क्रिकेट टिमका क्याप्टेन कविता गौतमले खेलाडीहरुलाई चार दिन र रोजि कडारीले ११ दिन सम्म तालिम दिएकी थिइन ।तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाका मेयर शम्भू साहले खेलको माध्यमले खेलाडीहरुले नगरपालिकाको नाम उच्च राख्ने विश्वास व्यक्त गरे । खेलाडीहरुको क्षमता बढाउन विभिन्न समयमा यस्ता तालिमहरु आगामि दिनमा पनि राख्ने उनले प्रतिवद्धता जनाए ।“खेल र खेलाडीका लागी आवश्यक पूर्वाधार र प्रतियोगिताहरुको लागी नगरपालिकाले आफ्नो अवस्थाले भ्याए सम्म सहयोग गर्नेछ ।” मेयर शम्भू साहले भने “राइसमिलको खेलमैदानलाई व्यवस्थीत बनाउन पनि नगरपालिको काम गरिरहेको छ ।” खेलाडीहरुका लागी उनले खेलकुद सामग्री तथा पोशाक समेत वितरण गरेका थिए । १५ दिनको प्रशिक्षणले खेलाडीहरुको क्षमता बढेको र आगामी दिनमा हुने प्रतियोगिताहरुका रौतहटले सुखद नतिजा ल्याउने आशा रहेको प्रशिक्षक रोजी कडारीले बताइन । प्रशिक्षणका क्रममा बलिङ्ग, ब्याटिङ्ग लगायत समग्र विधाहरुमा आफुहरुले नयाँ ज्ञान पाएको खेलाडी मोनिका साहले बताइन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles