सेनाको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिबिरमा ७ सय १४ जना बिरामीको उपचार

0
399

रौतहट,१६ बैशाख
नेपाली सेनाको वीरदल गण रौतहटले जनहित कार्यमा हातेमालो गर्दै रौतहटको चन्द्रपुर नगरपालिकामा शनिबार स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा भएको निशुल्क स्वास्थ्य शिविरबाट बिभिन्न रोगका ७ सय १४ जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन ।
स्वास्थ्य शिविरमा ५६ जना बालबालिका, ५९ जना महिलाहरुले स्त्री रोग सम्बन्धी, २९६ जनाले आंखा सम्बन्धी, २०३ जनाले जनरल सर्जन तथा साधारण चेक जांच गरी जम्मा ७१४ जनाले स्वास्थ्य उपचार गराई लाभान्वित भएको नेपाली सेना बिरदल गणका गणपति प्रमुख सेनानी गंगा बहादुर विष्टले जानकारी दिए ।
वाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, आंखा विशेषज्ञ, जनरल सर्जन. जनरल फिजिसियन तथा नं. २८ फि. ए. का चिकित्सक गरी जम्मा १२ (बाह) जना चिकित्सकहरुद्वारा विशेषज्ञ सेवा सहितको निशुल्क उपचार तथा औषधी वितरण गर्ने व्यवस्था मिलाईएको गणपति बिष्टले बताए ।
शिविरमा आंखा , बाल रोग, मधुमेह ,निमोनिया, स्त्रीरोग, दम, हाड जोर्नी सहितका बिरामीको उपचार तथा औषधी वितरण गर्नुको साथै नेपाली सेना सम्बन्धि वृतचित्र, नेपाली सेनामा भर्ना छनौट प्रक्रिया, सर्पदंस, डेंगु तथा कोभिड सम्बन्धि सचेतना कार्यक्रम समेत संचालन गरेको गणपति बिष्टले बताए । शिविर विहान ७ बजे देखी सांझ ५ बजे सम्म संञ्चालन भएको थियो । चन्द्रपुर नगरपालिका , रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखा, औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको थियो । उक्त स्वास्थ्य शिविरमा श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सानुकाजि थापा, रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतको सहभागिता रहेको थियो । चन्द्रपुर नगरपालिकाको ६ वटा वडाका सर्वसाधारण लाई लाभान्वित गराउने उदेश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here