चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा रहेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाचौ साधरण सभा स्थगित भएको छ । साधरण सभाको खुल्ला सत्र सम्पन्न भएतापनि बन्द सत्र भने स्थगित भएको हो । साधरण सभाको खुल्ला सत्र संस्थाका अध्यक्ष दिपक कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । साधरण सभाका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले चाडै नै पानीको समस्याको समाधान तर्फ लाग्ने प्रतिबद्धता जनाएका छन । चन्द्रनिगाहपुर — गौर बिरेन्द्र राजमार्ग अन्र्तरगत चन्द्रनिगाहपुर बजारका बासिन्दाहरु सडक मर्मतको क्रममा पिउने पानीबाट बन्चित छन । नगरबासीलाइ शुद्ध पिउने पानी खुवाउन नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख काफलेले बताएका छन ।
साधरण सभाको खुल्ला सत्रमा चन्द्रपुर नगरपालिका वाड न.ं ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,वाड नं. ४ की वाड सदस्य प्रेमा कुमारी तिमलसिना, नेपाल रेडक्रस सोसाईटी सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण अधिकारी,पत्रकार संजय कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सो साधरण सभाको बन्द सत्र भने स्थगीत भएको छ । २ हजार ८ सय भन्दा बढी उपभोक्ता समिति रहेको सो संस्थामा गणपुरक उपभोक्ताहरु उपस्थीती नभएको र हिसाब किताब चित्तबुझदो नभएको भन्दै बन्दसत्र स्थगीत भएको सभामा सहभागी उपभोक्ता बलराम भण्डारीले जानकारी दिए ।
यता सोही भेलाले हिसाब किताब छानबिनको लागी ५ सदस्यीय छानबिन समिति चयन गरेको छ । युवा नेता तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख प्रत्यासी बाबुराम दाहालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति चयन गरेको हो । समितिको सदस्यहरुमा दिपक रेग्मी,चिरन्जीबी गौतम,गोपाल हुमागाई लगायतका छन । सो छानबिन समितिले १५ दिन भित्र प्रगति प्रतिबेदन बुझाउने र आउदो जेठ ६ गते खानेपानी कै कार्यालयमा भेला बस्ने निर्णय भएको छ ।
Home मुख्य समाचार चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधरण सभा स्थगित,दाहालको संयोजकत्वमा ५ सदस्यीय...