Thursday, June 13, 2024

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

ताजा / भरखरै प्राप्त

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको लागी बिहीबार निर्वाचन समितिले अन्तिम उमेदवारहरुको नामाबली प्रकाशन गरेको छ । उमेदवारहरुको अन्तिम नामाबली अनुसार सो संस्थाको अध्यक्षको लागी ३ जनाको उमेदवारी परेको छ । अध्यक्ष पदमा किशोर प्रसाद उपाध्याय,सन्तोष काफले र लेखनाथ कोइरालाको उमेदवारी परेको छ । अध्यक्ष पद उमेदवारी दिएका अशोक पहाडीले उमेदवारी फिर्ता भएपछि ३ जना मात्रैको नाम प्रकाशित भएको हो । यसैगरी उपाध्यक्षमा २ जना रहेका छन । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर र बिश्वजित बन्जाराको उमेदवारी रहेको छ । सचिबमा अबदेशहरी भट्टराई,मनोज तिमलसिना र रंजन कुमार काफलेको उमेदवारी रहेको छ । यसैगरी कोषाध्यक्षमा बिनिता बख्रेल र मरछिया देबीको उमेदवारी छ । ६ जना चाहिले खुल्ला सदस्यको लागी १२ जनाको उमेदवारी परेको छ भने ३ महिला सदस्यको लागी ५ जनाको उमेदवारी परेको निर्वाचन समितिका संयोजक कृति सुबेदीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles