सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

0
707

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ । युनिसेफको सहयोगमा छाया नेपाल र पिपिसि नेपालको आयोजनामा भएको बिद्यालयको सरसफाइ तथा स्वच्छाता खानेपानी सम्बन्धी कार्यशाला गोष्ठीमा माबि जुडिबेलालाइ नगद ३५ हजार सहित सम्मान गरिएको थियो । बाराको जितपुर सिमरा उपमहानगरपालिका र बारागढी गाउपालिका रौतहटको चन्द्रपुर नगरपालिका र यमुनामाइ गाउपालिका सहित ४ वटा पालिकाको २२ वटा बिद्यालयहरु मध्ये माबि जुडिबेला प्रथम भएको माबि जुडिबेलाका प्रअ युगल किशोर कुमारले जानकारी दिए । सो पुरस्कार चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले हस्तान्तरण गरेकी थिइन । यस पुरस्कारले सरसफाइ तथा खानेपानी क्षेत्रमा अझ जिम्मेबार बनाएको आफुलाइ बोध भएको प्रअ युगल किशोर कुमारको भनाइ रहेको थियो । यसैगरी दोश्रो हुनेमा नेपाल राष्ट्रिय बिद्यालय कन्चनपुर बारा रहेको छ । सो बिद्यालयले २० हजार नगद पुरस्कार पाएको छ । यस्तै तेश्रोमा जनता आधारभुत पिप्रा बारा रहेको छ । सो बिद्यालयले भने नगद १५ हजार पुरस्कार पाएको छ । यसैगरी चौथो हुनेमा चन्द्रपुर नगरपालिका वाड नं. २ कै महेन्द्र माबि रहेको छ । महेन्द्र माबिले नगद १० हजार प्राप्त गरेको छ भने पाचौमा रहेको यमुनामाइ गाउपालिका जेठरहियाले ५ हजार नगद प्राप्त गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले खानेपानी तथा सरसफाइ क्षेत्रमा सरोकारवालाहरु अझ सक्रिय भएर लाग्नुपर्ने बताएकी छिन । अब हरेक बिद्यालयमा सुबिधा सम्पन्न शौचालय देखी लिएर स्वच्छ खानेपानीको ब्यबस्था अनिवार्य रहेको अबस्थामा युनिसेफले गरेको कामको उनले खुलेर प्रशंसा गरेकी छिन ।
कार्यक्रममा महेन्द्र माबि रैयाटोलकी प्रअ कमला थापा,बारागढी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय,चन्द्रपुर नगरपालिका वाड नं. ८ का वाड अध्यक्ष जितेन्द्र चौधरी लगायतले खानेपानी तथा सरसफाइको बारेमा बोलेका थिए ।
छाया नेपालका कार्यकारी निर्देशक कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिपिसि नेपालका अध्यक्ष कमलेश मण्डलले स्वागत मन्तब्य राखेका थिए ।
छाया नेपालका कार्यकारी निर्देशक थापाले बिद्यालय स्तरमा सरसफाइ तथा स्वच्छ खानेपानीको आवश्यकता अपरिहार्य भएको बताएका छन । स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैर्सगिक अधिकार भएको अब हरेक बिद्यालयमा यस्ता प्रकारका सुबिधा हुनुपर्ने कार्यकारी निर्देशक थापाको भनाइ रहेको छ ।
युनिसेफको सहयोगमा छाया नेपाल र पिपिसि नेपालको सहकार्यमा रौतहटको चन्द्रपुर,यमुनामाइ,बाराको बारागढी गाउपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको २२ वटा बिद्यालयमा सरसफाइ तथा स्वच्छ खानेपानीको ब्यबस्थाको लागी काम गरिरहेको छ ।
चन्द्रपुर नगरपालिकाको माबि जुडिबेला,महेन्द्र माबि रैयाटोल,माबि डुमरिया,दलित आबि बेतौना र प्राबि सलेमपुर रहेका छन ।
उक्त कार्यशालामा युनिसेफका बोध नारायण श्रेष्ठले कार्यक्रमको उदेश्य बारे र सहजिकरण गरेका थिए ।
कार्यक्रममा २२ वटै बिद्यालयका प्रअहरु, बारागढी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,वाड अध्यक्षहरु सदस्यहरु,बिद्यार्थीहरु लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here