अन्तराष्ट्रिय योग दिवशको अबसरमा चन्द्रनिगाहपुरमा बिभिन्न कार्यक्रमको आयोजना

0
486

चन्द्रपुर – अन्तर्राष्ट्रिय योग दिवसको अबसर पारेर पतन्जली योग समिति चन्द्रपुरले बिभिन्न कार्यक्रम गरेर मनाएको छ । नबौ अन्तर्राष्ट्रिय योग दिवसको अबसर पारेर पतन्जली योग समिति चन्द्रपुरले मुनलाइट एकेडेमीमा योग प्रशिक्षण तथा र्यालीको आयोजना गरेको योग समिति चन्द्रपुरका अध्यक्ष तथा योग गुरु अर्जुन तिमलसिनाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा योगबाट हुने फाइदा र योग किन गर्ने भन्ने बारे सहभागिहरुलाइ जानकारी गराइएको समितिका अध्यक्ष तथा योग गुरु तिमलसिनाले बताउनु भयो । मानब शरिरको लागी योग एकदमै महत्वपुर्ण कुरा रहेको समेत उहाको भनाइ रहेको थियो ।
हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै आएको दिवश आज पनि सोही अनुरुप बनाइएको योग गुरु तिमलसिनाले जानकारी दिनुभएको छ । हरेक दिन चन्द्रनिगाहपुरमा निशुल्क योग प्रशिक्षण दिनेगरेको पनि तिमलसिनाले जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा निर्णय गरी २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। संघले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो। नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here