Thursday, June 13, 2024

मौलापुरको आईटी चोकबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ

ताजा / भरखरै प्राप्त

रौतहट,असार ४
रौतहटको मौलापुर नगरपालिका वाड नं. ५ आइटी चोकबाट रौतहट प्रहरीले पेस्तोल सहित २ जनालाइ पक्राउ गरेको छ ।
गत असार १ गते बिहान ५ बजे ईलाका प्रहरी कार्यालय मौलापुरको टोलीले चेकजाचको क्रममा कटुवा पेस्तोल सहित २ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले मौलापुर न.पा.वडा नं.५ स्थित आईटी चौकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको UP57F–3238 नं.को खरानी रंगको हिरो होण्डा स्पलेन्डर मो.सा.रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल १ थान, 762 MBO EO OFV लेखिएको गोली १ राउण्ड समेत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर प्रसाद यादबले जनाएका छन । हतियार सहित सर्लाहीको मंलगवा नगरपालिका वाड नं. ७ बस्ने बर्ष ४५ बर्षिय उमेश राय र पछाडी सवार सोही ठाउ बस्ने बर्ष ६५ को मोहन राय समेतलाई नियन्त्रणमा लिएको डिएसपी यादबले जनाएका छन । पक्राउ परेकाहरुलाइगौर जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान समेत डिएसपी यादबले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles