Thursday, May 23, 2024

पतिको ५० औ पुण्यतिथि र आफनो ९० औ जन्मत्सवको अबसरमा उप्रेतीले खुवाइन आश्राममा भोजन

ताजा / भरखरै प्राप्त

रौतहट – बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वाड नंं १६ डकाहा निवासी प्रेम माया उप्रेतीले आफनो ९० औ जन्मउत्सव र पतिको ५० औ पुण्य तिथिको अबसरमा सोमबार आश्राममा बसेकाहरुलाइ भोजन गराउनु भएको छ ।
आफनो ९० औ जन्मउत्सव र पति स्व. होमनाथ उप्रेतीको ५० औ पुण्य तिथिको अबसरमा उप्रेतीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका वाड नं. १६ मा रहेको मानब सेवा आश्रममा पुगेर बिहानको भोजन गराउनु भएको हो ।
यस्तो अबसरमा आश्रममा बसेका जेष्ठ नागरिक,अपाङग तथा बेसाहारालाइ बिहानको भोजन खुवाउन पाउदा धेरै हर्षित भएको उहाले बताउनु भयो ।
आमाको ९० आौ जन्मउत्सव र बुबाको ५० औ पुण्य तिथिको अबसर पारेर त्यहा रहेका ७० जनालाइ बिहानको भोजन खुवाउन पाउदा मन नै हर्षित भएको प्रेम मायाको कान्छा छोरा बिदुर उप्रेतीले बताउनु भयो ।
सहयोगबाट नै संचालनमा भइरहेको उक्त आश्रममा अन्य समाजसेवीहरुले पनि यस्तै उत्सव तथा तिथिको अबसर पारेर यसैगरी आश्राममा बसेकाहरुलाइ सेवाको भाबना राखेर सहयोग गर्न उप्रेतीले आग्रह गर्नुभएको छ ।
प्रेममाया आफनो जन्मउत्सव मनाउन छोरा नारायण प्रसाद उप्रेती,ओम प्रसाद उप्रेती,बिदुर उप्रेती तथा कान्छी बुहारी रेखा उप्रेती सहित आश्रम पुग्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles