मधेश प्रदेशका सवारी साधन नबिकरणमा जरिवाना छुट

0
402

रौतहट – मधेश प्रदेश सरकारले सवारी साधन नबिकरणमा चैत मसान्त भित्र सवारी साधन नबिकरण गराए कुनै जरिवाना नलाग्ने भएको छ । मधेश प्रदेश सभाको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले सवारी साधन नवीकरणमा चैत मसान्तसम्म जरिवाना नलिने बताए । नवीकरण कर बारे प्रदेश सरकारले विशेष व्यवस्था ल्याएको उनले जनाए । ‘नवीकरण नगरिएको सबै सवारी चैतसम्म नवीकरण गराए कुनै जरिवाना लाग्ने छैन् ,’उनले भने,‘नवीकरण नगराए दर्ता खारेज गर्ने र जफतको लागि कानुन बनाइने छ ।’ व्यवसायिक र निजी सवारी साधनको छुटाछुट्टै व्यवस्था गरिएको उल्लेख गर्दै उनले नयाँ सवारी साधन खरिद भएर आएपछि पहिलो विक्रेताको नाममा लगाइने कर हटाइएको उनले बताए । मधेश प्रदेशसभामा आर्थिक विधेयक ०८० माथि सोमबार सामान्य छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here