रौतहट – नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नेपाली र्काग्रेसको प्रदेश समितिलाइ जिम्मेबारी नदिने भए खारेज गर्न केन्द्रिय कमिटिलाइ सुझाब दिएका छन ।
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सभापति यादबले यस्तो बताएका हुन ।
उनले प्रदेशलाई बाइपास गरेर सबै जिम्मेवारी जिल्लालाई मात्रै दिने भए खारेज गर्न चेतावनी दिएका थिए ।
उनले भने, ‘अनलाइन सिस्टम राम्रो छ। डिजिटल कांग्रेस हुनुपर्छ तर मलाई अलिकति डर लागेको छ। अनलाइन सिस्टमबाट गयो भने कांग्रेसलाई सिध्याउने खेल हुन्छ।
यादबले ’अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्थामा गए मधेशका कांग्रेस सकिने चिन्ता व्यक्त गरेका छन्।