चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पताल प्रति बिरामीहरुको विश्वास बढन थालेको छ । स्वास्थ्यकर्मीले बिरामी संग गर्ने ब्यबहार र उपचारमा सहजता पाएपछि बिगतको दिनहरु भन्दा अहिले सेवाग्राहीहरु चन्द्रनिगाहपुर सरकारी अस्पताल जानेको संख्या बढेको हो ।
सरकारी अस्पतालबाट दिइने सेवा सुबिधा प्रदान र स्वास्थ्यकर्मीको बिरामी प्रतिको जिम्मेबार दाइत्वपनको कारण दिनप्रतिदिन चन्द्रनिगाहपुर अस्पतालमा बिरामी आउनेको संख्या बढेको चन्द्रनिगाहपु्र अस्पतालका डा.सिद्धि कुमार सिंहले बताउनु भएको छ । जनताको सेवालाइ नै प्रमुख प्राथामिकतामा राखेको कारण अहिले बिरामीहरुको सरकारी अस्पताल प्रति विश्वास बढेको डा. सिंहले बताउनु भयो ।
पछिल्लो समय चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य जाच गराउन चन्द्रपुर नगर क्षेत्र सहित जिल्लाको बिभिन्न पालिकाहरुबाट पनि उपचार गराउन आउने मानिसको भिड लाग्ने गरेको डा. सिंहले जानकारी दिए ।
हामीले बिरामीको रोगको निदान गरी सही उपचार र अस्पताले ब्यबस्थापनले औषधी लगायतका समानको ब्यबस्था गरेको कारण सरकारी अस्पतालमा बिरामी बढने गरेको उनले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका वाड नं. ९ नजरपुर निवासी डा. सिंह कोरोनाकाल देखी नै चन्द्रनिगाहपुर अस्पतालमा कार्यरत छन । अहिले डा. सिंह प्रति सेवाग्राहीहरुको एक किसिमको क्रेज नै रहेको सेवाग्राहीहरुले बताउदै आएका छन । जनताको माया र सदभाबले आफुलाइ अझ जिम्मेबार बनाउदै लगेको डा. सिंहको भनाइ रहेको छ । कोरोनाकालमा पनि बिरामीहरुको सक्रियताका साथ उपचार गर्न उनी सफल भएका थिए ।
सो अस्पतालमा प्रमुखको रुपमा डा. अभिनन्दन श्रीवास्तब आएपछि पनि अझ ब्यबस्थीत बन्दै गएको सेवाग्राहीहरु बताउछन ।
कुनै समय अस्तब्यस्त बनेको चन्द्रनिगाहपुर अस्पातलमा सर्पदंशको सफल उपचार गरिदै आएको छ ।