बाल बिवाह मुक्त घोषणाको लागी सरोकारवालाहरु संग परामर्श

0
433

चन्द्रपुर – मधेश प्रदेशलाइ सन २०३० भित्र वाल विवाह मुक्त प्रदेश बनाउनको लागी बुधबार रौतहटको चन्द्रनिगाहपुरमा मस्यौदा माथि सरोकारवालाहरु संग परामर्श कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आयोजना र आरडिसी नेपाल लगायत बिभिन्न गैर सरकारी संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मधेश प्रदेशलाइ बाल विवाह अन्त्यको लागी १० बर्षे प्रादेशिक रणनितिक योजना अनुसार बारा पर्सा,रौतहट र सर्लाहीका सरोकारवालाहरु संग मधेश प्रदेश वाल विवाह मुक्त घोषणा कार्यबिधि २०८० को मस्यौदा माथि छलफल भएको थियो ।
कार्यक्रमको सहजीकरण मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयकी उपसचिब देब कुमारी खत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा दुर्गा भगबती गाउपालिकाका अध्यक्ष शम्भु ंिसंह, सर्लाहीको गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र कुमार यादब,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला,चन्द्रपुर नगरपालिकाका राजस्व तथा सहकारी बिभागका प्रमुख शेख नसरे आलम,आरडिसी नेपालकी कोषाध्यक्ष ममता झा, महिला प्रहरी सेल गरुडाका प्रतिनिधि लगायतका बिभिन्न पालिकाका वाड अध्यक्षहरु,कर्मचारीहरु,बिभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
परार्मश कार्यक्रममा मधेश प्रदेश तथा राष्ट्रिय स्तरमा बाल विवाहको अबस्थाको बारेमा आरसिइएफएम प्रोजेक्टका अनुगमन,मुल्याङकन तथा सिकाइ बिज्ञ राजिब बन्जाराले जानकारी गराएका थिए ।
यस्तै सेभ द चिल्डे«नका निति सम्बन्धी संयोजक झम्केश्वर ओझाले समुह कार्य छलफल गराएका थिए ।
कार्यक्रममा दुर्गा भगबती गाउपालिकाका अध्यक्ष शम्भु सिंहले वाल बिवाह मुक्त मधेश बनाउनको लागी प्रभाबकारी भुमिका निर्वाह गर्ने बताएका छन । वाल विवाह समाजमा ठुलो समस्याको रुपमा रहेको भएतापनि अहिले आएर न्युनिकरण हुदै गएको र बाल विवाह रोक्न जस्तो सुकै समस्याको समाधान गर्न आफु तत्पर रहेको समेत उनले कार्यक्रममा बताएका छन ।
सरोकारवालाहरुले वाल बिवाहको अन्त्य गर्नको लागी मधेश प्रदेश सरकारलाइ बिभिन्न प्रकारको लिखित रुपमा सुझाब समेत दिएका छन । आएको सुझाबलाइ समाबेश गर्ने मन्त्रालयकी उपसचिब देबु कुमारी खत्रीले प्रतिबद्धता जनाएकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here