Thursday, June 13, 2024

आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको जन्मदिनको अबसरमा बृक्षारोपण

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरमा आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको जन्मदिन तथा जडिबुटी दिवशको अबसर पारेर बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । पतंजलि योग समिति चन्द्रपुरको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा बृक्षारोपण,हबन तथा मन्त्रजाप गरिएको हो ।
आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको जन्मदिन तथा जडिबुटी दिवशको अबसरमा हवन , योग अभ्यास , विभिन्न खाले जडिबुटी हर्रो , अमला , बेल , निम , राजबृक्ष , असोगन्धा र वरपिपलको बिरुवा बृक्षारोपण गरिएको योग समितिका चन्द्रपुर नगर अध्यक्ष अर्जुन तिमल्सिनाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा पतंजलि योग समिति मधेश प्रदेशका मिडिया प्रभारी भुपाल श्रेष्ठ , श्रीकृष्ण प्रणामी धार्मिक वनका अध्यक्ष सुदर्सन सापकोटा , डिभिजन वन कार्यालय चन्द्रपुरका प्रतिनिधि , चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड सदस्य प्रेमा तिमल्सिना , वडा नम्बर ५ का वाड सदस्य बलराम राना र पतंजलि योग समिति चन्द्रपुरका सम्पुर्ण पदाधिकारी ,योग शिक्षक , साधक ,साधिका , योग प्रेमिहरुको सहभागिता रहेको थियो । योग समिति चन्द्रपुरले अन्य प्रकारका दिवशहरुको अबसर पारेर योग सम्बन्धी कार्यक्रम गदै आइरहेको अध्यक्ष तिमलसिनाले जानकारी दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles