Sunday, April 21, 2024

चन्द्रपुर नगरभरी लामखुट्टे मार्ने औषधी छिटिने

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – डेंगु रोग नियन्त्रणका लागि औषधी छिट्ने तयारीमा चन्द्रपुर नगरपालिका डेंगु रोग नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चन्द्रपुर नगरपालिकाले सञ्चालन गर्ने भएको छ । पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान थालिने भएको हो ।त्यसका लागि नगरपालिकाले औषधी खरिद गरिसकेको र केहि दिनमा नै सवै वडामा छिट्ने तयारी गरेको छ । विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण भएकाले औषधी छिट्न लागिएको चन्द्रपुर नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । तीव्र सहरीकरणका कारणमा पानी जम्ने ठाउँ समेत प्रशस्तै हुने भएकाले लामखुट्टेको लार्भा नष्ट गर्नेका लागि यो औषधी उपयोगी हुने जनाईएको छ ।विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेका अनुसार डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा सचेतना जगाउने काम भै रहेको छ ।लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ । एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानी लगायतमा पानी जम्न नदिन उहाँले आग्रह गर्नुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles