चन्द्रपुर
साउन २७ गते – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ को पर्यटकिय क्षेत्र नुनथर जानेबाटो मर्मत भएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेको निर्देशनमा भत्किएको २४ घण्टा नबित्दै बाटो मर्मत भएको हो । सो बाटो केही दिन अगाडी आएको बागमतीको बाढीले बिगारेको थियो जसको कारण सवारी साधन आवतजाबतमा समस्या भएको थियो ।
नगर प्रमुख काफलेको निर्देशनमा नगरपालिकाको टिफर र डोजर ल्याएर बाटो मर्मत गरिएको सो वाडका वाड अध्यक्ष बलराम राउतले जानकारी दिएका छन । साउन महिनामा भक्तजनाहरुको नुनथरमा भिड लाग्ने गर्दछ । नुनथर क्षेत्रबाट बोलबम जानेहरुले जल लाने गर्दछन ।
भक्तजनहरुको भिडभाड र आबतजाबतलाइ मध्यनजर गदै तुरुन्त बाटो निमार्ण गर्न लगाएको नगर प्रमुख काफलेले जानकारी दिएका छन ।
मधेश प्रदेशकै पर्यटकिय क्षेत्रको रुपमा स्थापित नुनथर जानेबाटो केही दिन अगाडी आएको बागमती नदीको बाढीले बगाएको थियो ।