रौतहट,२ भदौ
नेकपा एमालेको चन्द्रपुर नगरपालिका वाड नं. ३ को वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले नन्दलाल दुलालको संयोजकत्वमा २३ सदस्यीय वाड कमिटि चयन गरेको छ । दुलालको संयोजकत्वमा २३ सदस्यीय वाड अधिबेशन आयोजक कमिटि गठन गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन । आयोजक समितिको सह संयोजकमा नवीन दोङ्ग र सचिबमा अवि गौतम रहेको नगर अध्यक्ष आचार्यले जानकारी दिए । आयोजक समितिमा ५० प्रतिशत युवाहरुलाइ नै समेटिएको अध्यक्ष आचार्यको भनाइ रहेको छ । वाड भेला कार्यक्रममा प्रदेश कमिटी सदस्य अमर आले,नगर कमिटी अध्यक्ष शिव आचार्य ,जिल्ला कमिटी सचिवालय सदस्य बावुराम दाहाल,नगर कमिटी उपसचिव लाल बहादुर दोङ्ग नगर कमिटी सदस्यहरु दिपक गौतम, गोपाल फुयाल ,विमल सापकोटा को उपस्थिति रहेको थियो । जिल्ला कमिटी सदस्य तथा ३ नं वडा संयोजक सरस्वती खुलालको अध्यक्षतामा वाडा भेला सम्पन्न भएको हो ।