वनको हाताभित्र रहेको सवारी साधनहरुमा आगजनी

0
310

रौतहट,२ भदौ
डिभिजन वन कार्यालय रौतहट अन्तर्गत गुजरा नगरपालिका वार्ड नम्बर ३ मा रहेको सबडिभिजन चोचामा राखिएका सवारी साधनहरुमा आगजनी भएको छ ।ग‌एराति अज्ञात समूहले कार्यालयभित्र राखिएका कर्मचारी मोटरसाइकल र पिकअप भ्यानमा आगजनी गरेको सब-डिभिजनका जमदार जगदीश हजाराले जानकारी दिए ।ग‌एराति आफुहरु ड्युटी गरेर राति ११ बजेतिर सुतेको र एक्कासि झ्यालबाट हेर्दा आगोको मुस्लो देखेको हजाराले बताए । उनका अनुसार सो समुहले हजाराको एउटा, जमदार उपेन्द्र यादवको एउटा र अर्को एउटा गरेर तीनवटा मोटरसाइकल र एउटा पिकअप भ्यानमा आगजनी गरेका हुन् ।आगलागीबाट सबै सवारीसाधन काम नलाग्ने गरी जलेको उनले बताए। आगलागी गरिएको पिकअप भ्यान केही महिना अगाडि गस्ती टोलीले काठ सहित पक्राउ गरेको कार्यालयले जनाएको छ । आगलागी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here