पत्रकार यादब माथि आक्रमण गर्ने क्रसर उद्योगका ३ जना पक्राउ

0
995

रौतहट,४ भदौ
नेपाल पत्रकार महासंघ रौतहट जिल्ला कार्य समिति सदस्य तथा हिमालयन टेलिभिजनका संचारकर्मी राकेश कुमार यादव माथि आक्रमण गर्ने क्रसर उद्योगका ३ जनालाइ प्रहरीले नियनत्रणमा लिएको छ ।
मापदण्ड विपरित संचालित रहेका बृन्दावन नगरपालिका वाड नं. १ रमौली घाटमा अबैध रुपमा संचालित शिवम क्रशर उद्योगका ३ जना कर्मचारीलाइ इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाका बद्र्रिबास नगरपालिका वाड नं. १४ बस्ने राजदेव ठाकुर, सर्लाहीको बरथवा नगरपालिका वाड नं. १८ बस्ने महेश चौधरी र बृन्दावन नगरपालिका वाड नं. ४ हरैया बस्ने राधेश्याम यादव रहेका छन ।
वृन्दावन नगरपालिका वडा नम्वर १ शिवम क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परिक्षण नगराईकन विक्री वितरण गर्दै आएको खवर श्रोतबाट प्राप्त भएपछि महासंघका जिल्ला कार्य समिति सदस्य एवं हिमालयन टेलिभिजनका रौतहट संवाददाता यादव रिपोटिंगको क्रममा उक्त क्रशरमा पुगेपछि त्यहाँ क्रशर उधोगका कर्मचारीले संचार उपकरणमा क्षतिपुर्याउदै हातपात गरी दुव्यवहार गरेका थिए ।
संचारकर्मी यादवको क्यामरा पुटाएको छ । अबैध रुपमा संचालित शिबम क्रशर उद्योगका कर्मचारी माथि कडा कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरद्धारा जारी बिज्ञप्ती भनिएको छ । घटनाको दोषिलाई कारवाही र पत्रकार यादवलाई क्षेतिपुर्तीको माग गर्दै रौतहट शाखाले बिज्ञप्ती जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here