बागमतीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी

0
559

रौतहट,७ भदौ
पुर्व पच्छिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएपछि सो क्षेत्र अहिले तनाबग्रस्त छ । बिहीबार दिउसो पश्चिमबाट पुर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीय बिमला कुमारी बिमलिको मृत्यु भएको थियो। पहिला ठक्कर मात्र दिएको र जानी जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन। ट्रकका चालक फरार रहेका छन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ।आगजनी भएको ट्रकको आगो निभाउन आएको चन्द्रपुर नगरपालिका को वरुणयन्त्र समेत स्थानीयले टोडफोड गरेका छन। अहिले स्थानियले पुर्व पच्छिम राजमार्ग अवरुद्ध गरेका छन । सो क्षेत्रबाट अत्यावश्यक सवारी साधन चलिएरहेको र पुर्ण रुपमा सडक खुलाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइरालाले जानकारी दिएका छन । छिटै नै सहमतीबाट अबरुद्ध राजमार्ग संचालनमा आउने उनले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here