बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

0
226

रौतहट,२ असोज
सघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द गर्ने जनाइरहदा रौतहटको एक नगरपालिकाले भने कुनै पनि बाहनामा सामुदायिक बिद्यालय बन्द गरे कार्वाही गर्ने जनाएको छ । रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवले कुनै पनि बहानामा नगर भित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।
बौधिमाई नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार नियमित रूपमा विद्यालय कक्षा सञ्चालन गराउन निर्णय गरेको छ । नगर क्षेत्र भित्रको सम्पूर्ण विद्यालयमा पठनपाठनमा बाधा अवरोध नगर्न समेत नगर शिक्षा समितिको बैठकले निर्णय गरेको छ ।
पठनपाठन सम्बन्धी अनुचित कार्य भए गरेमा नियमानुसार कारबाही गर्ने नगर प्रमुख प्रदीप कुमार यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उता नेपाल शिक्षक संघ रौतहटसहित नौ घटकले सोमवार एक विज्ञप्ति निकालेर भोलि ३ गते सम्पूर्ण विद्यालयमा शैक्षिक हडताल गरी शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आव्हान गरेको छ ।
यता भोली देखी हुने आन्दोलनमा सहभागी हुन रौतहटबाट शिक्षकहरु काठमाण्डौ जान थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here