Thursday, February 29, 2024

फतुवा बिजयपुरका मेयर यादब भ्रष्टाचारको मुद्दामा दाेषि ठहर

ताजा / भरखरै प्राप्त

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

राैतहट : राैतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनका विषयमा फैसला गर्दै मेयर यादवलाई कसुरदार ठहर गरेको हो। 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश गरेको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार यादव दोषी ठहर भए पनि यस मुद्दाका अन्य २० जना प्रतिवादीले भने सफाइ पाएका छन्। 

ad

‘एकजना माथि कसुर कायम भयो। अन्यले सफाइ पाउनुभएको छ। दोषीमाथि २४ असोजमा सजाय निर्धारण हुने गरी पेसी तोकिएको छ,’ कार्कीले भने। 

यादव लगातार दोस्रोपटक उक्त नगरपालिकाको मेयर बनेका हुन्। गत स्थानीय तह निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका यादव भ्रष्टाचारी ठहर भएसँगै पदमुक्त भएका छन्।

लालबकैया नदीको आन्तरिक आयसम्बन्धी जिल्ला समन्वय समितिको रोहबरको बैठकबाट दुई नगरपालिकाले संयुक्त रूपमा ढुंगा, गिटी र बालुवाको ठेक्का लगाउने र प्राप्त हुन आउने आयलाई बाँडफाँट गर्ने सहमति भएको थियो। 

विजयपुरलाई ६० र गुजरा नगरपालिकालाई ४० प्रतिशत दिने निर्णय भएको थियो। तर, विजयपुरले ठेक्का रद्द गरेको थियो। आर्थिक वर्ष ०७५-७६ मा मेयर यादवले ठेक्का रद्द गरेका थिए। 

सो निर्णयले सरकारलाई घाटा भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उक्त उजुरीउपर अनुसन्धान गरी गत वर्ष मुद्दा चलाइएको थियो। 

अख्तियारले १२ असार ०७९ मा मेयर यादवसहित तत्कालीन उपप्रमुख कान्ति देवी, वडा नं. १, २, ३, ५, ६, ८, ९, १०, ११ का वडाध्यक्ष, केही पूर्ववडाध्यक्षलगायतलाई प्रतिवादी बनाएको थियो। 

उक्त मुद्दामा तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र रञ्जना साहसमेत गरी २१ जनालाई मुद्दा चलाइएको थियो। जसमा एक जनाउपर मात्र भ्रष्टाचार ठहर भएको हो। 

लालबकैयाको ठेक्का प्रचलित ऐन, कानुन तथा नियमविपरीत रद्द भएको ठहर अख्तियारको थियो। साभार : नयाँ पत्रिकाबाट

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles