Thursday, April 25, 2024

रौतहटका बजारमा म्याद नाघेको बर्डवाइजर बियर फेला

ताजा / भरखरै प्राप्त

रौतहट,२१ असोज
रौतहटको चन्द्रनिगाहपुर बजारमा म्याद नाघेको बर्डवाइजर नामकको बियर उपभोक्ताले फेला पारेका छन । शनिबार चन्द्रनिगाहपुरमा रहेको एक होटलमा सो म्याद नाघेको बियर फेला परेको हो । सन २०२३ मार्च ३१ गते प्याक भएको सो बर्डवाइजर बियरको गत सेप्टेम्बर महिनाको २७ गते म्याद सकिएको थियो । उक्त बियर अक्टोबर २० गते चन्द्रनिगाहपुरको एक होटलमा उपभोक्ताले भेटेका थिए ।
म्याद नाघेको १० दिन सम्म सो बियर बजारका होटल तथा पसलहरुमा पाइदै आएको छ ।
यता चन्द्रनिगाहपुर मै उत्पादन हुदै आएको मुनड्रप पानी उधोगले पनि गुणस्रहिन पानी बिक्री बितरण गर्दै आएको पाइएको छ । सो उद्योगको पानीको बोत्तलमा पटक पटक माटोको लेदो भेटिदा समेत कार्वाही हुन सकेको छैन ।
पानी गुणस्तरहिन भएको चन्द्रपुर नगरपालिका वाड नं. २ ,३ र ४ का स्थानिय नागरिकले समाजिक संजालमा जनाइरहदा पनि सरोकारवालाहरु मौन बसेको पाइएको छ । बेला बेलामा बजार अनुगमन नहुदा म्याद गुज्रेका अखाद्य्य पदार्थ बिक्रि बितरण बढिरहेको जनगुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles