यात्रुहरुलाइ कुनै किसिमको समस्या परे सहायता कक्षमा सम्पर्क गर्न रौतहट ट्राफिकको आग्रह

0
196

चन्द्रपुर,२२ असोज
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको ३ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।जिल्लाका व्यापारिक सहरहरु चन्द्रनिगाहपुर,गरुडा र गौरमा दशै,तिहार तथा छठ पर्वहरुको मध्यनजर गरी यात्रुहरुको गुनासो सम्बोधन गर्न यात्रु कक्ष स्थापना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले जानकारी दिए ।उनले दशैँ तिहार चाडवाडमा यात्रुको चाप बढि हुने , यात्रुहरु ठगिने , सवारी साधनले बढि भाडा लिने , क्षमताभन्दा बढि यात्रु राख्ने , यात्रुमाथि अभद्र व्यवहार हुन सक्ने लगायतका सम्भावनालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको बताए ।
‘यात्रुहरुलाई कुनै गुनासो तथा समस्या परेमा ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्नु होला’ उनले भने, ‘हामी यात्रुको गुनासोलाई तत्कालै सम्बोधन गरेर समाधान गर्छौ । यात्रुहरुलाई सुरक्षित यात्रा गर्ने वातावरण बनाउन हामी तत्पर छौं ।’उनले यात्रुहरुले आफ्नो यात्राको क्रममा भोगेका समस्याहरु निर्धक्कपूर्वक सो कक्षमा आएर राख्न सक्ने जनाउँदै चाडवाडको बेला सुरक्षित र सहज यात्रा बनाउन सहायता कक्ष प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here