वन अधिकृत महतोको नेतृत्वमा टेक्टर सहित काठ बरामद

0
438

चन्द्रपुर,२७ मंसिर
डिभिजन वन कार्यालय रौतहट तथा पौराई सव–डिभिजन बन कार्यालय रौतहट का बन अधिकृत सुरेश प्रसाद महतो को नेतृवको टोलीले टेक्टर सहित काठ बरामद गरेको छ ।
बुधबार बिहान करिब साडे ९ बजे वन अधिकृत महतोको सहितको वन गस्ती टोलीले चन्द्रपुर नगरपालिका वाड नंं ६ बेतौनाबाट ना ५ त ५६३४ नम्बरको टेक्टर सहित काठ बरामद गरेको हो ।
बिषेश सुराकीको आधारमा अबैध साल जातको चिरान गरेको २४ थान कडी करिब २१ क्यु. फिट काठ बरामद गरेको वन अधिकृत महतोले जानकारी दिएका छन । काठ,टेक्टर सहित चन्द्रपुर नगरपालिका वाड नं. ५ का स्याम पौडेललाई समेत पक्राउ गरेको वन अधिकृत महतोले जानकारी दिए ।
चन्द्रपुर २ हिलेखोलाबाट सो काठ ल्याएको उनले जानकारी दिएका छन । बरामद काठ टेक्टर सहित पक्राउ परेको पौडेललाइ डिभिजन वन कार्यालय बुझाइएको समेत वन अधिकृत महतोले बताए ।
यता बृन्दावन नगरपालिकाका एक जना वडा सदस्य बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ ।
बृन्दावन नगरपालिका वडानं १ का वडा सदस्य राम गणेश प्रसाद पटेल (बच्चु) बिरुद्ध सरकारी जमिन अतिक्रमण गरेको बिषयमा अख्तियारमा उजुरी परेको हो ।
बृन्दावन नगरपालिका वडानं १ को बलेरी क्षेत्रमा पर्ने वनको सरकारी जमिन अतिक्रमण गरेको र वनको जमिनमा पर्खाल निर्णमा तथा गुम्बा बनाउन लगाएर आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको हो ।
२०८०÷४÷२८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नं २२९ रहेको उजुरीका आधारमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वडा सदस्य पटेललाई दुई दिन भित्र डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको छ ।
वडा सदस्य पटेलले वनको सरकारी जमिनमा गुम्बा बनाउने नाममा वनको जमिन अतिक्रमण गर्नुका साथै नगरपालिका बाट निकाशा भएको बजेटमा समेत आर्थिक अनियमितता गरेको उजुरीमा बताईएको छ ।
वडा सदस्य पटेलले बागमती बगर अतिक्रममा समेत अतिक्रमकारी संग मिलेर रकम असुलि गरेको बिषयमा अख्तियारमा उजुरी परेपछि अख्तियारले डिभिजन वन कार्यालयलाई सो बिषयमा छानबिनका लागि आदेश दिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here