बागमती नदिको किनाराबाटै ढुंगा उत्खनन गरी भण्डारन

0
322

चन्द्रपुर २७ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमती नदीमा नदिजन्य पदार्थको चरम दोहन भएको पाइएको छ । ठेक्का नलागिरहेको अबस्थामा स्थानीय नदीजन्य पदार्थ माफियाले बागमती नदी किनाराबाट नै ढुंगा उत्खनन गरी नदीको दोहन गरेको भेटिएको हो । अहिले सो क्षेत्रमा सयौ घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदी ठेक्का हालसम्म नलगाएको अवस्थामा उत्खनन गरेर भण्डार गरिएको सयौं घनमिटर ढुंगा सम्बन्धित निकायले नियन्त्रणमा लिनु पर्ने स्थानीय वासिन्दाले माग गरेका छन् । अवैद्य रुपमा नदीबाट उत्खनन गरेर बागमती किनाराको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरुले विभिन्न स्थानमा लगि विक्री वितरण समेत गर्दै आएका छन् । चन्द्रपुर नगरपालिकाले बागमती ठेक्का नलगाएकै अवस्थामा भण्डारकर्ताहरुले रौतहट जिल्लाका विभिन्न स्थानमा लगेर ढुंगा विक्री वितरण गर्दै आएका छन् । उनीहरुले ढुंगा विक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् ।
नियम विपरित संकलन गरेर राखिएको ढुंगा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग रहेको छ । सो स्थानबाट धमाधम ढुंगा निकासी गरि विक्री वितरण हुदा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानियबासीले बताए ।
डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले अवैध रुपमा बागमतीमा उत्खनन गरेर भण्डार गरी राखेको ढुंगाको विषयमा आफुहरुले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । सो ढुंगा कसको हो भनि आफुहरुले अनुसन्धान गरिरहेको र त्यसको विषयमा आफुहरुले चाडै निर्णय लिने वन अधिकृत महतोको भनाई रहेको छ ।
वागमतीमा केही ट्रेक्टर संचालक र ढुंगा माफियाको संलग्नतामा बागमती किनाराबाट अवैद्य रुपमा उत्खनन गरि सामुदायिक वनको क्षेत्रमा भण्डार गरिएको ढुंगा उनीहरुले सर्लाहीको हो भन्दै चन्द्रपुर नगरपालिकालाई तिर्नुपर्ने राजस्व समेत नतिरी विक्री वितरण गर्दै आएका छन् । यता चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले भने चाडै नै बागमती नदिमा ठेक्का लगाइने जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here