वन कर्मचारीको मिलोमत्तोमा ढुंगा तस्करी

0
152

चन्द्रपुर,१७ पुस
रौतहटको बागमती तथा चादी नदीबाट वन कर्मचारीको मिलोमत्तोमा ब्यापक रुपमा ढुगा तस्करी भइरहेको पाइएको छ । चादी नदीको सिरान देखी र बागमती नदीको किनार छेउबाट ब्यापक रुपमा ढुगा तस्करी भइरहदा पनि अनुमन गर्ने निकाय मस्त निद्रामा छन ।
बागमती नदीको किनार मै ढुगा संकलन गरेर राखिएको छ त्यस्तै बृन्दावन नगरपालिका वाड नं. १ बलेरी वनमा वन कर्मचारीकै मिलोमतोमा सयौं घनमिटर ढुङ्गा सङ्कलन गरिएको छ तर पनि अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका सभापति देखी लिएर सदस्य समेत कानमा तेल हालेर बसेका छन।
बलरीमा वन कर्मचारीकै मिलोमतोमा सर्लाहीका मान्छेहरूको संलग्नतामा रौतहटको वनमा ढुङ्गा सङ्कलन गरी राखिएको पाइएको छ ।
सब वन डिभिजन कार्यालय बलरी रौतहटका कर्मचारीको मिलोमतोमा जिल्लाको वन क्षेत्रमा वन क्षेत्रमा सयौं घनमिटर ढुंगा सङ्कलन गरेर राखिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
बलरी वन क्षेत्र अन्तर्गत पर्ने तोरीबारी जङ्गलभन्दा केही तल केही तल बागमती बगरमा करिब ३०० ट्र्याक्टर ढुङ्गा सङ्कलन गरेर राखिएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन्। सो वन हेर्ने बलरी सब वन डिभिजन कार्यालय का प्रमुख सहायक वन अधिकृत सहायक अनिल महत्त्वको मिलोमतोमा सो स्थानमा सो स्थानमा सर्लाहीका केही मान्छेहरूले ढुंगा संकलन गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । रौतहटतर्फ सङ्कलन गरिएको सोढुङ्गा वन कर्मचारी को मिलोमतोमा सर्लाहीतिर जान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
बलरी वनमा पछिल्लो समय आएर वन कर्मचारीको मिलोमतोमा ढुङ्गा तथा काठ सर्लाहीका तस्करीले लाने गरेको स्थानीयको दाबी रहेको छ ।
रौतहटको बल्हरी वनमा विगत लामो समयदेखि सर्लाहीका काठ तस्करले वन कर्मचारीको मिलोमतोमा काठ चोरी गर्दै आएकोमा पछिल्लो समय आएर नदीजन्य पदार्थ ढुङ्गा तथा गिट्टी बालुवा सर्लाहीतिर लाग्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
तोरीबारीको जङ्गलभन्दा केही तल सङ्कलन गरी राखिएको सोढुङ्गा वनले जफत गरी नियमअनुसार लिलाम बडाबड प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ। यता जिल्लाको बागमती सब वन डिभिजन कार्यालय मातहतको बागमती बगर तथा जङ्गलमा सङ्कलन गरी राखिएको ढुंगाको विषयमा स्थानीय बासिन्दाले सम्बन्धित निकायमा उजुरी दिएको भए पनि वन कार्यालयले अहिलेसम्म सो विषयमा कुनै चासो नदिएको पौराईका स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ। पछिल्लो समय बागमतीको बगर तथा रेलवे लिगको दायाँबायाँ सङ्कलन गरी राखिएको ढुंगाको विषयमा न त चन्द्रपुर नगरपालिकाले चासो दिएको छ । न त वन डिभिजन कार्यालय रौतहटले नै चासो दिएको छ । स्थानीयले बागमती र बलरीमा ढुंगा माफियाले वन कर्मचारीकै मिलोमतोमा सङ्कलन गरी राखेको ढुङ्गा तत्काल प्रक्रिया पु¥याएर लिलाम गर्नुपर्ने स्थानीयहरूको भनाई रहेको छ । बागमती सब वन डिभिजन कार्यालय का प्रमुख सुरेश महतोले बागमती क्षेत्रमा संकलन गरिएको ढुङ्गा प्रक्रिया नपुर्याई आफूहरूले उठाउन नदिने बताउँदै आएका छन् । यसैबिच वन कर्मचारी कै संलग्नतामा गैडाटार क्षेत्रबाट दैनिक काठ तस्करी हुनेगरेको समेत स्थानियले जानकारी दिदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here