१८ लाख भन्दा बढी जाली नोट सहित जालीनोट कारोबारी पक्राउ

0
224

रौतहट १९ पौष
रौतहट प्रहरीले १८ लाख भन्दा बढी जाली नोट सहित एक जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ बर्षका संदिप यादव लाई प्रहरीले १ हजार दरको नोट थान १८४३ अर्थात १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो ।
देवाही गोनाहि नगरपालिका वडा नं. ८ पटेल चौक नजिकबाट यादवलाई प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिएकी छिन । नक्कली नोट सहित यादवको साथबाट विभिन्न बैंकको एटिएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोवाईल एक थान बरामद भएको डिएसपी गिरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत उतm घटनाको बारेमा सार्वजनिक गरिएको हो । पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ । पछिल्लो समय रौतहटका विभिन्न ग्रामिण बजारहरुबाट फाटफुट रुपमा नक्कली नोटहरु बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो ।
प्रहरीका अनुसार गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोट सहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको रौतहट प्रहरीले उल्लेख गरेको छ । यहाँ अझै पनि नक्कली नोटको कारोवार गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ ।
ब्यपारीलाइ धम्काएर पैसा माग्ने पक्राउ
सोहि पत्रकार सम्मेलनमा प्रहरीले धाकधम्की दिई फिरौती रकम माग्ने फतुवा विजयपुर नगरपालिका वडा नं. ८ बर्ष ३४ का श्री भगवान साहलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पुस १० गते देखि १८ गतेसम्म एक जना व्यापारीलाई पटक पटक फोन गरी ज्यान मार्ने धम्की सहित रु ५ लाख देखि ५० लाख सम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका साहलाई अपराधिक लाभ (एक्सटर्सन) सम्वन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भै रहेको डिएसपी गिरीले जानकारी दिएकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here