चन्द्रपुर,१९ पुस
रौतहटमा अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिकको चन्द्रपुर नगरपालिका वडा नं। २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमका वीच उदघाटन गरिएको छ । बालबालिकाकहरुलाई खेल मार्फत शसक्त बनाउनका लागि एएफसी ड्रिम एसिया फाउन्डेसन र एएफसी सिएसआर समितिको कार्यक्रम अन्तर्गत बालबालिकाको क्षमता वृद्धि र कल्याणका लागि एन्फाले यस क्षेत्रमा समेत फुटवलमा लगानीको वातावरण श्रृजना गरेको छ । कार्यक्रमको अध्यक्षता रौतहट फुुटवल संघका अध्यक्ष भगवान दर्लामीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथी अखिल नेपाल फुुटवल संघका केन्द्रिय उपाध्यक्ष दावा लामा रहनु भएको थियो भने विशिष्ट अतिथी मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, हेड अफ ग्रासरुट पंकज शाही, रौतहट फुटवल संघका कोषाध्यक्ष सुवोध गिरी, विद्यालयका प्रधानँध्यापक कमला थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजीव कुमार कुश्वार माझी,समाजसेवी भरतराज उप्रेती, विद्यालय व्यवस्थापन समितिका सदस्य कान्छी राई, संगिता राई, हात्तीदमार युवा क्लवका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, नेपाली काग्रेस चन्द्रपुर नगर उपसभापति सन्तलाल कुश्वार, यादव उप्रेती,जीवन कुश्वार, दिपक कुश्वार,मुना राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय रैयाटोलका प्रधानाध्यापक कमला थापाले बालबालिकाहरुलाई खेलकुद मार्फत स्वस्थ र अनुशासित बनाउन सके समाज समृद्ध हुने बताउनुभयो । विद्यालयमा समेत खेलकुदकै कारण अनुशासन कायम हुने भएकोले खेलकुद स्वास्थ्य र समाजका लागि आवश्यक रहेको बताउनुभयो । एन्फा अध्यक्ष दावा लामाले ग्रामीण क्षेत्रमा रहेको खेलाडीहरु पहिचान गर्नका लागि विद्यालयस्तरमै फुटवललाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाले लुकेर बसेको प्रतिभा निकाल्नका लागि ग्रामीण क्षेत्रमा खेलकुदमा जोड दिने योजना रहेको समेत बताउनुभयो । रौतहट जिल्लामा दुईवटा विद्यालयमा यो कार्यक्रम संचालन हुने महेन्द्र माविका प्रधानाध्यापक कमला थापाले जानकारी दिनुभयो । हात्तिदमार युवा क्लवको समन्वय, रौतहट फुटवल संघको पहलमा संचालन हुन लागेको यो कार्यक्रमलाई एएफसी ड्रिम एसिया फाउण्डेशनको सहयोग रहने रौतहट फुुटवल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिनुभयो ।






