Thursday, April 25, 2024

गैडाटारमा हात्तीको उपद्रो

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२६ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ३ गैडाटारमा हात्तीले उपद्रो मच्चाएको छ ।हात्तीको आक्रमणबाट धनजनको क्षति भएको छ । बुधबार राती आएको २ वटा हात्तीले स्थानिय जगते राइको घरमा रहेको २ भकारी धान नष्ट गरेको स्थानिय समाजसेबी राजु धामीले जानकारी दिएका छन । सोही हात्तीले सोही गाउमा १२ कठामा लगाइएको केरा समेत नष्ट गरेको उनले जानकारी दिए । हात्तीकै आक्रमणबाट एक बर्ष भित्र २ जना महिलाको ज्यान गइसकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles