रौतहट,१२ माघ
नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले एमालेको पालामा शुरु भएका बिकाशका योजनाहरु यो गठबन्धन सरकारले ठप्प पारेर राखेको बताएका छन । शुक्रबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै केन्द्रिय सचिब भट्टराईले यस्तो बताएका हुन ।
देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तरगत एमालेको सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।
युवाहरुलाइ स्वरोगार बनाउने,औधोगिक क्षेत्रको बिकाशका योजनाहरु,भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताए ।
पुर्वमन्त्री समेत रहेका भट्टराईले भने‘ अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकतर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकालेले सबैको भरोसाको पार्टी बनेको छ’ ।
नेकपा एमाले सबैजाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै उनले भने ‘ नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ’ ।
पार्टी जिल्ला फुटदा रौतहटमा एमालेलाइ आघात पुगेको छ तर पनि बिस्तारै पुरानै अबस्थामा पुगिरहेको सचिब भट्टराईको दाबी छ ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन ।
एमालेको जनमत अझै बढदै गएको दाबी गदै भट्टराईले देशको सम्बृद्धिको लागी आउदो निर्वांचनमा संघ,प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताएका छन ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल,केन्द्रिय सदस्य उद्धब रेग्मी,अजय कुमार गुप्ता,रेखा झा लगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका थिए । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ । अधिवेशनलाइ भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागी शनिबार एकैदिन १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । सो अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन ।