रौतहट,१० माघ
केही दिनयता बढेको शितलहरको प्रवाह नगरी नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति अहिले हरेक उपशाखाहरुका कार्यक्रममा ब्यस्त छन । उपशाखाको बैधानिकता दाइत्व पुरा गर्ने कार्यक्रम अनुसार सभापति यादब अहिले हरेक उपशाखाका साधरण सभामा सहभागि हुन पुगेका हुन । केही बर्ष देखी अस्तब्यस्त बनेको रेडक्रसको नबिकरण संग जिल्लामा पनि अब रेडक्रस कार्यक्रमहरु प्रभाबकारी बनाउन सभापति यादब सक्रिय छन । बुधबार मात्रै सभापति यादबले र्दुइ वटा उपशाखाको साधरण सभामा भाग लिए र त्यहाको अबस्था तथा समस्या बारे जानकारी लिए ।बुधबार सभापति यादब झुनखुनुवा उपशाखा र फतुवा महेशपुर उपशाखाको साधरण सभामा प्रमुख अतिथिको रुपमा सहभागि भए । झुन्खुन्वा उपशाखाको २९ औ वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका यादबले समाजसेवामा रेडक्रस सधै एक कदम अगाडी रहने दाबी गरेका छन । जिल्लाको हरेक बिपतमा रेडक्रस सबैभन्दा अगाडी नै पुगेर पिडितको घाउमा मलम लगाउने गरेको सभापति यादबले बताए । उपशाखाका सभापति श्री राम आधार यादवको सभापतित्वमा भएको साधरण सभामा शाखाका मन्त्री श्री धर्मेन्द्र कुमार सिंह, जुनियरका जिल्ला सचिव श्री देवेन्द्र प्र. यादव लगायत उपशाखाका सचिव श्री दिनबन्धु यादव कोषाध्यक्ष श्री रामाकान्त यादव, पदाधिकारी तथा, सदस्यहरु पूर्व प्रअ. श्री जयमंगल यादव सहितको उपस्थिति रहेको थियो । सभाले सचिव र कोषाध्यक्ष बाट प्रस्तुत वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पास गरेको थियो ।
यसैगरी बुधबार नै फतुहा महेशपुर उपशाखाको २९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधरण सभामा पनि सभापति यादव नै प्रमुख अतिथि थिए । सो कार्यक्रममा पनि सभापति यादबले जहा बिपत त्यहा रेडक्रस पुगेरै छाडने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा निर्वतमान सभापति श्री संजीव कुमार मलिक, शाखाका मन्त्री श्री धर्मेन्द्र कुमार सिंह, जुनियरका जिल्ला सचिव श्री देवेन्द्र प्र. यादव लगायत अतिथि रहेका थिए । उपशाखाका सभापति श्री सबुरीलाल ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रौतहटमा १२ वटा उपशाखा मध्य अहिले सम्म ५ वटा उपशाखाको साधरण सभा सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंहले जानकारी दिएका छन । अन्य उपशाखामा पनि निरन्तर रुपमा लागेर सभारण सभा सम्पन्न गर्ने अभियानमा शाखा लागि गरेको मन्त्री सिंहले जानकारी दिए । हाल सम्म चन्द्रपुर उपशाखा,महादेबपटी उपशाखा,फतुवा महेशपुर उपशाखा,झुनखुनुवा उपशाखा लगायतको साधरण सभा सम्पन्न भइसकेको छ ।