जनज्योती बहुमुखी क्याम्पसको ११ औ सभा सम्पन्न

0
216

चन्द्रपुर । राैतहटकाे चन्द्र निगाहपुरमा रहेको ज्योती बहुमुखी क्याम्पसको आज ११ औ सभा सम्पन्न भएको छ । सो सभाको प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले उदघाटन गर्नुहुदै क्याम्पसको सर्बाङ्खिण बिकासमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । उच्च शिक्षाको नाममा बिद्यार्थीहरु पलायन भैरहेको अबस्थामा यस क्षेत्रका क्याम्पसले रोजगारमुलक शिक्षामा जोड दिएर बिदेशिने बिद्यार्थीहरु लाई रोक्न सक्नु पर्ने बताउनु भयो । सोही सभामा प्रतिनिधि सभाका पुर्ब सदस्य कल्याणी खडकाले क्याम्पसले रचनात्मक कार्य गर्दै शैक्षिक र भौतिक पुर्बाधार निर्माण गरेर यस जिल्लाकै उत्कृष्ट क्याम्पसमा रुपान्तरण भएको बताउनु भयो । यस्तै पहिलो संबिधान सभा सदस्य देबेन्द्र पटेलले बर्तमान संचालक समितिले बिद्यार्थीमुखी कार्य गरेको भन्दै बाताबरणमैत्री क्याम्पसको रुपमा स्थापना गर्न सकेको भन्दै  प्रंशसा गर्नु भयो । दोस्रो संबिधान सभा सदस्य रामकुमार भट्टराईले क्याम्पसको बिकासका लागि आफु बाट हुने हरप्रकारको सहयोग रहने बताउनु भयो । सोही सभा लाई संस्थापक क्याम्पस प्रमुख योगेन्द्र यादबले क्याम्पसको नाममा जग्गा कायम गर्न आफुले सहयोग गर्ने बताउनु भयो । भुमि सम्बन्धि समस्या आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मिले क्याम्पसको क्षेत्राधिकार भित्र बसोबास गरेका बस्तिका बासिन्दा लाई ब्यबस्थित बसोबास गराएर क्याम्पस लाई जमिन भोग गर्ने बाताबरण बनाउने बताउनु भयो । यस्तै नेकपा एमाले चन्द्रपुर नगरकमिटिका अध्यक्ष शिब आचार्यले बाहिर  जान नसक्ने बिद्याथीहरु यस क्याम्पसमा अध्ययन गरिरहेकाले उनीहरुको शैक्षिक भबिष्य प्रति संचालक समिति चिन्तित रहेको बताउनु भयो । यस्तै क्याम्पसका पुर्ब अध्यक्ष एकराज थापाले कठिन परिश्थिती बाट क्याम्पस अघि बढदै भौतिक पुर्बाधार र शैक्षिक गुणस्तरमा अग्रणी रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब  पुरीले क्याम्पसको बृहतर बिकासमा सबै दलका नेता र समाजका प्रभुत्वबर्ग लाग्नु पर्ने बताउनु भयो । सोही सभामा क्याम्पसको बार्षिक प्रतिबेदन अध्यक्ष संजय कार्की, क्याम्पस प्रमुख राजन राजन श्रेष्ठ र कोषाध्यक्षको प्रतिबेदन चिरन्जिबी गौतमले प्रस्तुत गर्नु भएको थियो । सभामा स्वागत मन्तब्य उपाध्यक्ष बालकृष्ण श्रेष्ठको रहेको थियो भने कार्यक्रम संचालन प्राध्यापक अध्यक्ष दिपक पाैडेलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here