चन्द्रपुर – श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति रौतहटको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३३औं वार्षिकोत्सब एवं ३४औं स्थापना दिवसको अवसर बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त खुल्ला रक्तदान कार्यक्रममा २१ ज्ना महिला र ८२ जना पुरुष सहित १ सय ३ जनाले रक्तदान गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटका अध्यक्ष बिमल सापकोटाले जानकारी दिनुभएको छ ।
“धर्मको प्रमुख विशेषता नै मानवताको विकास गर्नु हो“ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रममा उत्साहपुर्वक सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्दै रौतहट क्षेत्र नम्बर ४ का संसद देब प्रसाद तिमलसिनाले रक्तदानले जिवन बचाउन महत्वपुर्ण योगदान रहेको हुदा यस्तो पबित्र कार्यमा सहभागी हुन सबैलाइ आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उप महासचिब अनिल कोइराला,नेकपा एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव आचार्य,नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण अधिकारी लगाययतकाहरुको सहभागिता रहेको थियो । कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटका अध्यक्ष बिमल सापकोटा अध्यक्षतामा सम्पन्न भएको थियो ।
चितवन रक्त संचार केन्द्रको प्राबिधि सहयोगमा भएको उक्त रक्तदान कार्य चन्द्रपुर–४ लोकतान्त्रिक चोक पुर्व मेनरोड ज्योति विकास बैंकको छेउमा भएको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटले केही दिन अगाडी पनि गरिब तथा बिपन्न परिवारका बालबालिकाहरुलाइ न्यानो कपडा उपलब्ध गराएको थियो ।