मुनलाइट एकेडेमीको २० औ खेल सप्ताह शुरु

0
414

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरले आफनो २० औ खेल सप्ताह शुरु गरेको छ । मधेश प्रदेश मै निजी बिद्यालय तर्फ उत्कृष्ठ बन्न सफल मुनलाइट एकेडेमीले आइतबार एक समारोहका बिच २०८० को खेल सप्ताह शुरु गरेको हो । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले उक्त कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा नगर उप प्रमुख चौधरीले खेलकुद जिवनमा अपरिहार्य भएको बताउनुभएको छ । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी उप प्रमुख चौधरीले मुनलाइट एकेडेमी खेलकुद देखी देखी हरेक क्षेत्रमा उत्कृष्ठ बन्दै आएको बताउनुभएको थियो । बिद्यार्थीहरुको शारिरीक बिकाशको साथसाथै मानसिक बिकाशको लागी खेलकुद क्षेत्रको महत्व रहेको उहाको भनाइ थियो ।
यसैगरी चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले खेल सप्ताह प्रभाबकारी रुपमा गदै लैजानुपर्ने धारणा राख्नुभएको थियो । बिद्यार्थीहरुको हरेक बिकाशको लागी खेलको ज्यादै महत्व रहेको शिक्षा शाखा प्रमुख मण्डलले बताउनु भयो । यसलाइ एउटा उत्सवको रुपमा बिकाश गदै लैजाने र खेल जगतबाट पनि यस क्षेत्रको पहिचान हुने उहाको तर्क थियो ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले खेल क्षेत्रको बिकाशको लागी राज्यले पनि एक किसिमको योजना बनाएर अगाडी बढनुपर्ने बताउनुभएको थियो । खेल सप्ताहको शुभकामना दिदै केन्द्रिय सदस्य पुरीले मुनलाइट एकेडेमीले गदै आएको कार्यको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शुशिल आचार्य,रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी,प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की,युवा ब्यबसायी तथा समाजसेवी अरुण लामा,बिद्यालयका फाउण्डर नबराज अधिकारी,बिद्यालय काेअर्डिनेटर हरि काेइराला,प्रबन्ध  निर्देशक बिक्जि घिमिरेको सहभागिता रहेको थियो । खेल सप्ताहको बारेमा सो बिद्यालयका प्रचार्य श्याम किशोर चौधरीले जानकारी गराउनुभएको थियो । स्थापना भएको साल देखी अहिले २० बर्ष सम्म पनि खेल सप्ताह निरन्तर संचालन गदै आएको उहाले जानकारी दिनुभएको थियो । कार्यक्रम सो बिद्यालयका एकेडेमी डाइरेक्टर दिपक घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here