गौर – नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ताले केन्द्रिय अध्यक्ष केपी ओलीको स्वागतको लागी भब्य तयारी भइरहेको जानकारी दिएका छन ।
प्रेस चौतारी नेपालको २६ औ स्थपना दिवशको अबसर पारेर रौतहट शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय सदस्य गुप्ताले यस्तो बताएका हुन ।
आउदो माघ २५ र २६ गते हुने नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन उदघाटन कार्यक्रममा केन्द्रिय अध्यक्ष ओली रौतहट आउने कार्यक्रम छ ।
जिल्ला अधिवेशलाइ भब्य र सब्य बनाउन सम्पुर्ण किसिमको संयन्त्रहरु परिचान भइरहेको र कार्यक्रम स्थल गरुडामा मन्च ब्यबस्थापनको काम पनि भइरहेको केन्द्रिय सदस्य गुप्ताले दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य गुप्ताले प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय स्थापनाको लागी समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । लोकतन्त्र प्राप्तीको लागी प्रेस चौतारी नेपालको अहम भुमिका रहेको बताउदै देशको बिकाश र सम्बृद्ध नेपालको निमार्ण अझ शसक्त भएर अगाडी बढन सुझाब दिएका छन ।
कार्यक्रममा नेकपा एमाले लेखा आयोगका केन्द्रिय सदस्य राजकिशोर प्रसाद यादबले प्रेस चौतारी नेपाललाइ परेको बेलामा कुनै पनि किसिमको सहयोग गर्न तत्पर रहेको बताए । प्रेस चौतारी नेपाल नेकपा एमालेको अभिन्न अंग भएको समेत यादबको भनाइ थियो ।
उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना,प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिब गौतम श्रेष्ठ,प्रेस चौतारी नेपाल रौतहट शाखाका संस्थापक अध्यक्ष शैलेन्द्र कुमार गुप्ताले समेत शुभकामना दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सदस्य बाल बिक्रम कार्की,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य संजय मिश्र,नेकपा एमाले जिल्ला कमिटि प्रचार बिभाग सदस्य अशोक कुमार पहाडी,नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा,प्रेस चौतारी मधेश प्रदेशका सदस्य बिना श्रीवास्तब,पत्रकार अशोक यादब लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब मुकेश कुमार साहले गरेका थिए । अन्तरक्रिया पछि सोही टोली गौर अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण गर्न पुगेको थियो ।
प्रेस चौतारी नेपालको केन्द्रिय सर्कुलर अनुसार प्रेस चौतारीको २६ औ स्थपना दिवशको अबसर पारेर आज रौतहटमा अन्र्तरक्रिया तथा बिरामीहरुलाइ फलफुल बितरणको कार्यक्रम गरेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिनाले जानकारी दिएका छन ।