किसानको समस्या बुझन चिनि मिल पुगेका पत्रकार तिवारी माथि कुटपिटि

0
228

रौतहट- रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ ।
कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन ।
सो मिलमा किसानले लगेको उखु तौलमा मिल प्रशासनले तलमाथि गरेपछि किसानहरु आन्दोलित भएका थिए ।
सो मिलमा रहेको काटामा जोख्दा एक टयाक्टरमा १५ देखी २० क्युन्टल उखु कम हुने गरेको किसानहरुको गुनासो छ । सोही बिषयलाइ लिएर किसानहरु आन्दोलित भएको एक किसानले बताए ।
किसानहरुको भनाइ जस्ताको त्यस्तै उतार्न भिडियो गरिरहेको अबस्थामा आफु माथि आक्रमण भएको पत्रकार तिवारीले बताए । किन भिडियो खिचिस भन्दै निर्मम तरिकाले कुटपिट गरेको पिडित तिवारीले बताएका छन ।
किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार तिवारी चिनी मिलमा पुगेका थिए ।
उक्त मिल कटहरिया नगरपालिकाका मेयर समेत रहेका अजय प्रकाश साहको हो । पत्रकार तिवारीको मोबाइल र क्यामरा समेत मिल सञ्चालकले लुटपाट गरेको सोही ठाउमा पुगेका अर्का पत्रकार धिरज यादबले जानकारी दिए ।
तिवारीलाइ प्रहरीको सहयोगमा सो मिलबाट उद्दार गरि गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा ल्याइएको पत्रकार अशोक कुमार पहाडीले बताए । अस्पतालमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,रौतहट अध्यक्ष प्रेमचन्द्र झा,सचिब मदन ठाकुर लगायत पत्रकारहरु पुगेका छन ।
घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । समाचार संकलनमा पुगेका पत्रकार माथि यसरी आक्रमण हुनु अराजकताको पराकष्ठ भएको केन्द्रिय सदस्य पुरीले बताए । दोषीलाइ कुनै पनि हालतमा तत्तकाल पक्राउ गरी कार्वाही गर्न उनले माग गरे ।
यसैबिच यसै घटनाको भत्र्सना गदै नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि बिज्ञप्ती जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here