२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

0
123

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको पहलमा खोलिएको आकस्मीक रक्तसंचार कोषले स्वर्गिय मैनालीको पुण्यतिथिको अवसर पारेर शनिवार आकस्मिक रक्तदाताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै चन्द्रपुर हस्पिटल प्रा.लिका प्रमुख डा. सुभाष चौधरीले बिश्वभरी पुगेर २०६ पटक रक्तदान गरेर किर्तिमान बनाएका मैनालीे विभिन्न अवार्डबाट समेत सम्मानित हुनु भएको थियो । गौर अस्पतालमा कार्यरत रहँदा सुत्केरी महिलालाई रगत दिएको बिषय प्रकाशमा आएपछि उहाँसंग चिनजान भएको डा. चौधरीले बताउनुभयो । स्वार्गिय मैनाली रक्तदानका उत्प्रेरण समेत रहेको उहाँले उल्लेख गर्नुभयो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चन्द्रपुर उपशाखाका सभापति श्रीकृष्ण अधिकारीले बताउनुभयो । मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पु¥याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरी जीवन रक्षा गर्नु रेडक्रसको दायित्व भएको उहाँले प्रष्ट पार्नुभयो । सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाइ आम नागरिकले भुल्न नहुने सभापति अधिकारीको भनाई छ । त्यसैले रेडक्रसले मानवीय सेवासँग विभिन्न क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । रेडक्रसले रतmदान कार्यक्रममा पनि जोड दिएको उहाँले उल्लेख गर्नुभयो । यहाँका विभिन्न संघ÷संस्थासंग समन्वय गरेर रतmदानका कार्यक्रम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । रेडक्रस भन्ने बितिकै प्रायः सवैले व्लड बैंकको रुपमा लिने गरेहेको उहाँको धारण छ । रेडक्रस चन्द्रपुर उपशाखाले विपद्को समयमा राहत वितरणको कार्य तथा अन्य समाजिक कार्यमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । यसैगरी चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा रक्तसंचार कोषका संचालक बसन्त कुमार आचार्यले यहाँका सहकारी संस्थाले रतmदान कार्यक्रममा जोड दिएको बताउनुभयो । समाजिक उतरदायित्व अन्तर्गत सहकारीले रतmदानका कार्यक्रम गर्दै आएको उल्लेख गर्दै यस प्रति उत्प्रेरणा जगाउन सहकारीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । सो कार्यक्रममा पत्रकार संजय कार्की लगायतले शाेक प्रकट गर्नुभएको कार्यक्रमकाे संचालन  राजु तिवारीले गर्नुभएको थियोे  । धेरै पटक रतmदान गर्ने तथा आकस्मिक रतmदाता बालकृष्ण श्रेष्ठ, भरत आचार्य, दिवाकर सापकोटा, पवन भट्ट, राजकुमार ठोकर, विधान कार्की, सुवोध कोईराला, लक्ष्मण कोईराला लगायतलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित भएकाहरुले स्वर्गिय मैनालीको तस्विरमा माल्यार्पण गर्नुका साथै मौन धारण समेत गरेका हुन् । नेपालको काभ्रेपलाञ्चोक जिल्लाको कोर्थुम्कामा जन्मनुभएका मैनालीले १९ वर्षको उमेरमा अर्थात् २०४४ सालमा पहिलो पटक रक्तदान गर्नुभएको थियो ।त्यसयता उहाँले बर्सेनि कम्तीमा पनि तीन चार पटक रक्तदान गर्नु हुन्थ्यो । उहाँले सन् २०१४ मा १९ पटक र २०१५ मा १७ पटक रक्तदान गर्नुभएको थियो । अमेरिकाको क्यालिफोर्निया देखि अलास्का र न्यूयोर्कदेखि नर्थ क्यारोलिनासम्म उहाँले दर्जनौँ पटक रक्तदान गरेको र हाइटी, केन्या, मलावी, इथियोपिया, रुवाण्डा, युगाण्डा, इक्वेडरजस्ता गरिब र अल्प विकसित देश एवम् आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, बेलायत, मकाउजस्ता विकसित देशमा पुगेर पनि रक्तदान गर्नुभएको थियो । अमेरिकामा बस्दै आउनुभएको मैनालीले त्यहाँको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा गएको माघ २९ गते आत्महत्या गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here